Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली–प्रचण्ड छलफल: तीन घण्टा कुरा भयाे, तर निस्किएन निष्कर्ष


    बुधबार, असार ३१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल सकिएकाे छ । बुधबार ११:३० मा सुरु भएकाे छलफल ३ घण्टा चलेपनि निष्कर्ष निस्कन नसेकेकाे बालुवाटार स्राेतले बताएकाे छ।  

    नेकपाकाे विवाद समाधानका लागि निरन्तर छलफल भएपनि दुई अध्यक्षले कुनै विषयमा अहिलेसम्म सहमति भने गर्न सकेका छैनन् । बालुवाटार निकट स्राेतले जनाएअनुसार यतिबेला प्रचण्डले आफूलाई नेकपाकाे एकल अध्यक्ष दिए मात्र पनि हुने बताइरहेका छन् । तर प्रम ओली भने अहिलेकै अवस्थालाई निरन्तरता दिनेमा दृढ छन् । यसकाे बदला प्रचण्ड–नेपाल समूहका लागि मन्त्रिपरिषद् हेरफेर गर्न सकिने लाइनमा प्रम रहेकाे स्राेतकाे दावी छ । 

    यस्तैगरी लामाे समयदेखि स्थगित भएकाे नेकपा स्थायी समिति बैठकलाई साउन २ मा संचालन गर्नकाे लागि समेत प्रचण्डले आग्रह गरेका छन् । यसमा प्रम सकारात्मक भएपनि स्थायी समितिले यसअघि राजीनामा मागेका कारण उनी बैठककाे विषयमा निर्णय गर्न नहतारिएकाे बुझिएकाे छ । 

    सोमबारदेखि प्रचण्ड अलि बढी सक्रिए बनेका छन् । त्यसअघि चितवनमा रहेका उनले अहिले भेटघाटलाई तीव्र बनाएकाे थाहा भएकाे छ ।  

    आज पनि प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार