काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।
बुधबार संघले वेबसाइटलाई सार्वजनिक गरेकाे हाे । वेबसाइटमा नयाँ डाटा तथा जानकारी राखेकाे बताइएकाे छ ।
एन्फाले सबै जानकारी वेबसाइटबाट जानकारी दिने उद्देश्यले नयाँ वेबसाइट तयार पारेको दावी गरेकाे छ ।
नयाँ वेबसाइट क्लब जिल्ला फुटबल संघको जानकारी राखेको छ । यस्तै एन्फाले गर्ने गतिविधि सबैको जानकारी यो वेबसाइटमा राखिएको छ ।
नयाँ वेबसाइट सार्वजनिक गरेकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र एएफसी अध्यक्ष शेख सलमानले बधाई तथा शुभकामना दिएका थिए ।