Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीका सुरूङमा हराइरहेकाहरुकाे खाेजी जारी


    बुधबार, असार ३१ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको टनेल फुट्दा बेपत्ता भएका इञ्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर अझै भेटिएका छैनन्।

    मंगलबार दिउसाे भएको घटनामा इञ्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामा घाइते भएका थिए। उनीहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक उज्ज्वल महर्जनले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजी कार्य जारी छ।

    इञ्जिनियरहरू चढेर गएको हाइलक्स गाडी पानीको वहाबले मेलम्ची खोलामा पुर्‍याएकोले इञ्जिनियर र चालक पनि खोलामै बेपत्ता भएको अनुमान प्रहरीको छ।

    २५ जना प्रहरीले स्थानीयसँग मिलेर बेपत्ताहरूको खोजी गरिरहेका छन्। बगेका दुई जनालाई हिजो उद्धार गरिएको थियो। दुई जना अझै बेपत्ता छन्।

    मेलम्चीको करिब २७ किलोमिटर सुरूङमा पानी परीक्षण गर्ने क्रममा उक्त दुर्घटना भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार