काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तनकाे संघारमा रहेकाे बताएका छन् । आगामी फागुन ७ गते देखि हुने पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दावी उनले गरेका हुन् ।
चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान कांग्रेसले पूरा गर्ने विश्वासका साथ महाधिवेशनमा लाग्न नेता कार्यकर्तासँग आग्रह गरे। ‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’
कार्यक्रममा सिंहले सरकारकाे आलाेचना समेत गरेका छन् । कोरोना महामारीकाे समयमा सरकारले प्रभावकारी काम गर्न नसकेको, परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानबिन गरिरहेको प्रसंग उल्लेख गर्दै उनकाे सरकारकाे आलाेचना गरे ।
‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ,’ उनले भने, ‘हाम्रो राजनीति हामीले गर्ने हो। नेपाली जनताले गर्ने हो। विदेशीहरु आएर हस्तक्षेप गरेका कुरालाई यो सरकारले प्रोत्साहन गरेको छ,’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्तिहरुमा लक्षित गर्दै भने।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend