Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाशमान सिंहकाे दावी– ‘महाधिवेशनपछि कांग्रेसकाे नेतृत्व फेरिन्छ ‘


    बुधबार, असार ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तनकाे संघारमा रहेकाे बताएका छन् । आगामी फागुन ७ गते देखि हुने पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दावी उनले गरेका हुन् । 

    चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान कांग्रेसले पूरा गर्ने विश्वासका साथ महाधिवेशनमा लाग्न नेता कार्यकर्तासँग आग्रह गरे। ‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’

    कार्यक्रममा सिंहले सरकारकाे आलाेचना समेत गरेका छन् । कोरोना महामारीकाे समयमा सरकारले प्रभावकारी काम गर्न नसकेको, परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानबिन गरिरहेको प्रसंग उल्लेख गर्दै उनकाे सरकारकाे आलाेचना गरे ।

    ‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ,’ उनले भने, ‘हाम्रो राजनीति हामीले गर्ने हो। नेपाली जनताले गर्ने हो। विदेशीहरु आएर हस्तक्षेप गरेका कुरालाई यो सरकारले प्रोत्साहन गरेको छ,’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्तिहरुमा लक्षित गर्दै भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार