Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक सातामा ४२ उडानमार्फत् विदेशबाट नेपाली ल्याउने तयारी


    बुधबार, असार ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काेराेना भाइरस महामारीका कारण विदेशमा रहेका नेपालीहरु आफ्नाे इच्छा अनुसार स्वदेश फर्कन पाएका छैनन् । गत चैत्र ११ देखि नेपालमा लकडाउन भएसँगै सबै अन्तर्राष्ट्रिय उडान हुन नसक्दा ती नेपाली फर्कन नपाएका हुन् । 

    विदेशमा अलपत्र रहेका नेपालीलाई नेपाल फर्कन हाेस् भन्दै सरकारले सिमित चार्टर्ड उडानका लागि स्वीकृति दिएकाे थियाे । साेही आधारमा अहिले दैनिक औसत १६ वटा उडानबाट हजारौकाे संख्यामा नेपालीहरु फर्किरहेका छन् । सरकारले याे क्रमलाई अझै एक साता लम्बाउने भएकाे छ । 

    एक साताकाे अवधिमा कुल ४२ वटा चार्टर्ड उडान गर्ने तयारी रहेकाे  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ । यसरी हुने उडानमा नेपाल एयरलायन्सले २४ वटा उडान गर्नेछ भने हिमालय एयरलायन्सले १५ वटा उडान गर्ने बताइएकाे छ । 

    उडान तालिकाअनुसार बुधबार नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ। हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ।

    उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ। यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ।

    यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार