Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनकाे मूल्यमा नयाँ कीर्तिमान, प्रतिताेला ९२ हजार ८ सय पुग्याे


    बुधबार, असार ३१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लाे समय निरन्तर महँगिएकाे सुनकाे मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरिरहेकाे छ । मंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य प्रतिताेला ६ सयले बढेसँगै सुनकाे मूल्य हालसम्मकै बढी भएकाे हाे ।

    बुधबार छापावाल सुन प्रतिताेला ९२ हजार ८ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तैगरी तेजावी सुनकाे मूल्य पनि ह्वात्तै बढेकाे छ। मंगलबार ९१ हजार ७ सय ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँ तोकिएको छ । 

    आज चाँदी प्रतितोला १ हजार ५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ मा कारोबार भएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार