काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का पोलिटब्युरो सदस्य पक्राउ परेका छन् ।
साे पार्टीका सेती-महाकाली ब्युरोका इन्चार्ज समेत रहेका ओमप्रकाश पुनलाई प्रहरीले बुधबार कैलालीबाट पक्राउ गरेकाे हाे । उनकाे श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेकाे बताइएकाे छ ।
कैलाली प्रहरीले पक्राउ परेका ओमप्रकाश र उनकी श्रीमतीलाई सदरमुकाम ल्याउन लागेकाे जनाएकाे छ । विप्लव नेकपाले उनी पक्राउ गरेको पुष्टि गरेको छ ।
विप्लवकाे पार्टीभित्र ओमप्रकाश भने सरकारसँग वार्ता गर्नुपर्ने पक्षमा रहेकाे बताइन्छ ।