काठमाडौं । रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना हाजिरी जमानीमा छुटेका छन् ।
गत फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि नभएपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका हुन् ।
यसरी युरेनियम जस्तो देखिने धातुसहित पक्राउ पर्नेमा नेपाली कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पनि थिए ।
प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहित भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत पक्राउ परेका थिए ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो युरेनियम बरामद गरेको थियो ।