Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैनिक जवान कटुवालको सम्मानका साथ अन्त्येष्टि


    शुक्रबार, चैत्र ४ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर । गैडाको आक्रमणपछि भाग्ने क्रममा ज्यान गुमाएको सैनिक जवानको उदयपुरको गाईघाटमा सैनिक सलामीका साथ शुक्रबार अन्त्येष्टि गरिएकाे छ ।चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खड्गदल गणमा कार्यरत नेपाली सेनाका एक जवानको गैंडाको आक्रमणपछि भाग्ने क्रममा दलदलमा डुबेर ज्यान गएको थियो । 

    निकुञ्ज सुरक्षार्थ खटिएका खड्ग दल गणको साईली माईली पोष्टमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-११ सिद्धार्थ टोलका गाईघाटका २८ वर्षीय पवन कटुवालको ज्यान गएको थियो । 

    मृतक कटुवालको शव त्रियुगा नगरपालिका-१२ स्थित त्रियुगा नदि किनारामा रहेको आर्यघाटमा नेपाली सेनाका टोलीले अन्तिम सलामी दिएका थिए । मृतक कटुवालको शव सैनिक हेलिकोप्टरद्धारा ल्याइएको थियो । श्रद्धान्जली दिन प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापा लगायतको उपस्थित थियो ।

    बुधबार राति निकुञ्जमा गस्तीमा निस्किएका कटुवाल एक्कासि गैडासँग जम्का भेट भएपछि गैंडाले आक्रमण गर्दा भाग्ने क्रममा दलदल पोखरीमा डुबेका हुन् । मृतक कटुवालको एक छोरी र श्रीमती छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार