Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका सचेतनामूलक कार्यक्रम


    बुधबार, चैत्र २ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ। प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोटाङमा सचेतनामूलक कार्यक्रम गरेको छ । मन्त्रालयले बुधबार खोटेहाङ गाउँपालिकामा आगलागी, हावाहुरी, चट्याङ, खडेरी जस्ता प्रकोपका घट्नाबाट हुने क्षति न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो । 

    प्राकृतिक तथा मानवीय कारणले निम्तिने विपत्तिबाट जनधनको बचाउका लागि मन्त्रालयले विपद् व्यवस्थापन समितिका पदाधिकारी, रेडक्रस, वडाका जनप्रतिनिधि, राजनैतिक दलका नेता, कर्मचारी, प्रहरी, सामाजिक अभियन्ता लगायतलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रम गरेको हो । 

    कार्यक्रममा विपद् न्यूनीकरण गर्ने उपायका बारेमा प्राथमिकताका साथ छलफल भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । प्राकृतिक प्रकोप नियन्त्रणका सवालमा गाउँपालिकाकातर्फबाट भइरहेका प्रयास र पहल तथा मन्त्रालयकातर्फबाट गर्न सक्ने सहयोगका विषयमा पनि चर्चा गरिएको छ ।

    गाउँपालिकाको सभाहलमा आयोजित सचेतनामूलक कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र गृह–मन्त्रालयका उपसचिव ध्रुव खड्काले सहजीकरण गरेका थिए । कार्यक्रम गाउँपालिका अध्यक्ष राईको प्रमुख आतिथ्यता एवं सचिव पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही अवसरमा सचिव पराजुली र उपसचिव खड्कासँग कर्मचारी प्रशासन, कर्मचारीको दरबन्दी व्यवस्थापन, सोसँग सम्बन्धित कानुन तर्जुमा लगायतका विषयमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार