काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् ।
उनले अघि भने, ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्यायौं । तर अझै पुगेको छैन ।’
बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ ।