Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलोको समिति गठन गर्ने भनि एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति (विज्ञप्तिसहित)


    बुधबार, चैत्र २ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । माओवादी केन्द्रका चारजना नेताले कुलोको समिति गठन गर्ने भनेर एमाले प्रवेश गराएकोमा आपत्ति जनाएका छन् । 

    तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आफूहरू माओवादी केन्द्रमै रहेको बताएका छन् । 

    माओवादी नेताहरू सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले संयुक्त विज्ञप्ति निकालेर आफूहरू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएका हुन् । 

    ‘२६ फागुनमा तुलसीपर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीहरुलाई बोलाइयो । त्यहाँ कुलोको समिति भनि सिताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो । तर, पछि सामाजिक सन्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ जारी विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेको र अहिले पनि माओवादी केन्द्रमै रहेको करा जानकारी गराउँदै एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले पनि विश्वास नगर्न हुन् अनुरोध गर्दछु ।’   

    275424538_639431710450742_6430984890650253246_n.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार