Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासीमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु


    बुधबार, चैत्र २ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् । 

    गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ । 

    ४२ जना यात्रु लिएर काठमाण्डौबाट  बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो । 

    दुबै सवारीसाधन सहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वको नियन्त्रणमा रहेका छन् ।

    https://www.facebook.com/watch?v=5138742046186897

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार