काठमाडौं । माइतीघरमा शुक्रबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो । सरकार आफैंले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् ।
शुक्रबार बिहानैदेखि वर्षा भइरहेपनि त्यसको प्रवाह नगरी प्रदर्शन भएको हो । पार्टीको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका बहुमत सदस्यहरुले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend