Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिआईजीहरु सिंह, धानुक र पन्त एआईजीमा बढुवा सिफारिस


    मंगलबार, चैत्र १ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

    मंगलबार बसेको  बढुवा समितिको  बैठकले  डिआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजी बढुवा गर्नेछ ।फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो ।

    योसँगै अब नेपाल प्रहरीमा एआईजीको सङ्ख्या ८ पुगेको छ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।बढुवा सिफारिस भएका एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने बताइएको छ । अहिले मानवश्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।

    बढुवा सिफारिस भएका ३ जना एआईजीहरूले बैशामा प्रहरी महानिरीक्षक बन्न विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । वर्तमान आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

    पन्त आईजीपीकै ब्याची भएकाले उनी पनि आईजीपीसँगै अवकाशमा जानेछन् । अहिले एआईजी रहेका पोखरेल र थापा बाहेक तीन एआईजी र पन्तले पनि डेढ महिनापछि आईजीपीसँगै अवकाश पाउने हुँदा वैशाखमा चार एआईजी पद रिक्त हुनेछ ।

    बढुवा सिफारिस गरिएका धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), रवीन्द्र धानुक कार्य विभाग र वसन्त पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा कार्यरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार