Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपभोक्ता सचेत भए ठगिने र गुणस्तहीन सामान खपतको समस्या अन्त्य


    मंगलबार, चैत्र १ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भैरहवा । अनुगमन र जरिवाना गर्नु भन्दा सचेतना जगाएर सचेत गराउन सकिने एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।  

    विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया तथा सचेतना कार्यक्रममा बोल्दै सहभागीहरुले उपभोक्ता आफैं सचेत नहुँदा ठगिने र गुणस्तरीय समान उपभोग गर्नु परेकोले आफूबाट नै शिक्षा दिन जरुरी रहेको बताए । 

    एकाधिकार निकाय साल्ट टेड्रिङ, नेपाल आयाल निगम, दुरुसंचार, खाद्य संस्थान लगायतका संस्थानहरुले पनि गुणस्तरका बस्तु उपभोक्तलाई दिन्छन् कि दिँदैनन् भन्ने शंका रहेकोले नियामक निकाय र गुणस्तरीय अन्य संयन्त्र नहुँदा यसको मारमा उपभोक्ता पर्ने गरको छन् । नुनमा कति आयोडिन छ, पेट्रोलियम पदार्थको मापदण्ड के हो भन्नेबारेमा यसको निगरानीको लागि पनि मापदण्डमा ल्याउन संयन्त्रको जरुरी रहेको उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बताए ।  

    यस्तै विद्युतीय कारोबार गर्दा जोखिको पनि सम्भावना रहेकोले पुष्टि गरेर मात्रै बैंकिङ्गको काम गर्नु पर्ने नपाल बैंक लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले बताए । 

    बैंकले सुरक्षाका लागि समय समयमा फर्म भर्ने गराए पनि यसलाई झिझोको रुपमा नलिई अत्याधुनिक प्रविधिमा साथ दिन उनले आग्रह गरे । ग्राहकहरुको आर्थिक गतिविधि समयानुसार बढ्दै गएकोले क्रस चेकिङ र मोनेटरिङको काम नियामक निकायले उपभोक्ताकै हितमा गर्ने गरेको भुसालले भने । 

    कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन रुपन्देही, रुपन्देही उद्योग संघ स्वास्थ्य कार्यालय, घरेलु, गुणस्तर तथा  नापतौल कार्यालय, नेपाल घरेलु तथा साना उद्योग संघ, राष्ट्रिय मानवअधिकार , इन्सेक, समुदायिक विद्यालयका प्राचार्य लगायतका प्रतिनिधीहरुले बढी भन्दा बढी अनुगमन गरेर मात्रै उपभोक्ताले राहत पाउने हुँदा अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, उपभोक्ता मैत्री हुनु पर्ने, गुणस्तरीय बस्तुको उपभोग उपभोक्तको मौलिक अधिकार भएकाले सचेतना आवश्यक भएको बताए । 

    धेरै जसो खाद्यपदार्थको खरिद महिला तथा गृहणीहरु गर्ने हुँदा यसलाई त्यस तर्फ चेतना अभिबृद्धि गर्ने काम राज्यले गर्नपर्ने उनीहरुले बताए । 

    निर्वाचित जनप्रतिनिधीले पनि उपभोक्ताको पिर मर्कामा जवाफदेहिता दिएर खबरदारी गर्नु पर्ने जरुरी रहेको उनीहरुको भनाई छ । 

    लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री अजय शाहीले भैरहवामा खाद्य प्रयोगशालाको निर्माण भइरहेकोले छिटै संचालनमा ल्याउने बताए । 
    अहिले वाणिज्य मन्त्रालयको आयात निर्यात बाहेकको काम घरेलुमा सारिएकोले प्रदेशले मातहतमा उपभोक्ता हितका लागि भूमिका निर्वाह गर्दै कार्यक्रमहरु अघि सारेको उनको भनाइ थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार