Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तह होइन ‘स्थानीय सरकार’ भन्नुपर्छः पूर्वमुख्यमन्त्री पौडेल


    आइतबार, फाल्गुन २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् । 

    नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् । 

    ‘हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउँछौ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसाथ गर्न नसकेको हो की,’ पौडेलले भने । 

    स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसको उनले जनाए । स्थानीय  सरकार बलियो नहुन्जेल संघीयताको जग बलियो नहुने समेत उनले बताए ।

    उनले काठमाडौं उपत्यकालाई कुनै प्रदेश अन्तर्गत नराख्न कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार