Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साताको पहिलो कारोबार दिन सेयर बजार १०१ अंकले वृद्धि


    आइतबार, फाल्गुन २९ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । 

    आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो । 

    आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार