Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक घिमिरेले दिए राजीनामा


    आइतबार, फाल्गुन २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । 

    घिमिरेले आइतबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । 

    नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न घिमिरेले संयोजकबाट राजीनामा दिएका हुन् । उनी लोकतान्त्रिक एवं प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार बन्न लागेका छन् । 

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवाले घिमिरेलाई संयोजक मनोनयन गरेका थिए । घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको केन्द्रीय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार