Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठेकेदार अनुप पाण्डे ठगीको आरोपमा पक्राउ


    शनिबार, फाल्गुन २८ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डेय पक्राउ परेका छन् । घोराही तुलसीपुर चारलेन सडक निर्माणका क्रममा विभिन्न व्यक्तिहरुलाई आर्थिक ठगी गरेको आरोप लागेका दाङ तुलसीपुरका निर्माण व्यवसायी पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चार लेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हो ।सडक निर्माणका क्रममा टिप्परहरु प्रयोग गरेको र डिजेल समेत उपलब्ध गराएको रकम नदिएको भन्दै घोराहीका गेहेन्द्र बस्नेतले पाण्डे बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा एक साता पहिले उजुरी दर्ता गराउनुभएको थियो । त्यस लगत्तै प्रहरीले जिल्ला अदालत सँग पक्राउका लागि अनुमती मागेको थियो ।पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिबार बिहान काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो । पाण्डेले बस्नेतलाई एक करोड ४४ लाख १७ हजार ७ सय ७६ रुपैयाँ तिर्नुपर्ने उजुरीमा उल्लेख छ । 

    पाण्डे तुलसीपुर–घोराही चार लेन सडकखण्ड निर्माणको जिम्मा लिएका ठेकेदार हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार