वीरगन्ज।वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।
बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य पनि थिए ।
व्यपारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए ।
२०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई आफ्नै पार्टीका नेताहरुबाट असहयोग हुन थालेको थियो ।
शनिबारमा प्रसौनीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक, वाइसिएलका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता पनि एमालेमा प्रवेश गरेका छन्।
कार्यक्रममा पूर्वमन्त्रीद्वय प्रभु साह र रघुवीर महासेठ, एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायतको पनि उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend