Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाले १२ हजार फौजलाई रुसँगको सीमा रहेका देशमा सार्‍यो


    शनिबार, फाल्गुन २८ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क—अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुससँगको सीमा रहेका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा सारेको बताएका  छन् । रुसी फौजले युक्रेनका मुख्य सहरहरुमा हमला तीव्र पारेको र राजधानी युक्रेनलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला १२ हजार सेनालाई रुससँगको सीमा रहेका देशमा सारेका हुन् । 

    हाउस डेमोक्रयाटिक काउकसका सदस्यहरुलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन दिएका छन् ।

     उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशरुको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यहरुको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो ।

    रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार