फाइल फोटो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार बालुवाको मूलाजस्तै भएको जनताले आगामी चुनावमा पाखा लाग्ने बताएका छन् ।
अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी गरेका हुन् । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने पनि बताए ।नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने–‘तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईहरुको तर्फबाट साथ दिने सहयोग गर्ने ।
यो सरकार ठिक छ की छैन, तपाईहरुले भन्ने होइन् । यो सरकारलाई ठीक त हामी लगाइहाल्छौ नी । मुलाको अलिकती सानोतिनो भएपनि जरा हुन्छ । तर, यसको त जरा न फरा । पाँच जना बसका छन् । नियुक्त गरेका छन् । यो सरकार त बालुवामा लगेर राखेको नक्कली मूला जस्तै हो । यसो तानो भने पुक्लुक्क आउँछ । हल्लाउन पनि पर्दैन ।’कार्यक्रममा उनले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए । चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको उनको टिप्पणी थियो।
ओलीले भने–‘यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौ रु चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो, अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’
अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको बताउँदै भने–‘आजै पनि वारामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउन म जाँदै छु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend