Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनका प्रधानमन्त्रीले मार्चमा राजीनामा दिँदै


    शनिबार, फाल्गुन २८ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङले आगामी मार्चमा आफ्नो कार्यकाल सकिएपछि पदबाट राजीनामा दिने बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको वरिष्ठताको रोलक्रममा  दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन् । ‘म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो,’ पत्रकार सम्मेलनमा उनले भने ।

    आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी जिनपिङ पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।  

    सन् २०१५ चीनले राष्ट्रपति पद धारण गर्नेका लागि दुई कार्यकालको सीमा घटाउन आफ्नो संविधान संशोधन गरेको थियो ।

    पार्टी नेताहरुले आगामी प्रधानमन्त्री छनौट गर्न सक्छन । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार