Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्याख्यात्माक टिप्पणी लाज ढोक्ने टालोः लिङदेन


    शनिबार, फाल्गुन २८ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् ।

    शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसीसी पारित गर्दा गरेको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् । 

    उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए । ‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् ’, उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार