Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको खाचो छ : कमल थापा


    शुक्रबार, फाल्गुन २७ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् ।

    शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको टिप्पणी गर्दै देशलाई ताजा जनादेशको खाँचो रहेको बताएका हुन् ।

    अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको समेत आरोप लगाए । यस्ता प्रवृतिले मुलुक राजनीतिक संकटमा फस्दै गएकाले ताजा जनादेशको विकल्प नभएको बताएका हुन् ।

    अध्यक्ष थापाले आउँदो स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय चुनाव नभइ संसदीय चुनाव भएको बताएका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार