Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णाली प्रदेश सांसद विष्टद्वारा सांसद र पार्टी जिम्मेवारी परित्याग


    शुक्रबार, फाल्गुन २७ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् । 

    माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए । ‘पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको छुँ,’ उनले भने ।

    पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । 

    कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार