काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन् ।
लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष समेत रहेका उनले महामन्त्रीमा दाबी गरेका हुन् ।
नेविसंघको अधिवेशन नभएको ६ वर्ष हुन लागेको छ भने गठन भएको तदर्थ समिति पनि विघटन गरिएको छ । नयाँ गठन गर्न लागिएको तदर्थ समितिमा उनले महामन्त्रीमा दाबी गरेका हुन् ।
उनले आफूले विद्यार्थी राजनीति र नेविसंघमा समेत निरन्तर सेवा गरेको र संगठन मजबुत बनाउनका लागि आफूले महामन्त्री पदमा दावी गरेको बताए ।
नेविसंघको अधिवेशनको पर्खाइमा आफूहरु रहेको भए पनि तदर्थ समिति गठन गर्ने पार्टीको निर्णयलाई स्वीकारेको बताएका उनले संगठनलाइ अझ दरिलो बनाउने कोसिसमा लाग्ने प्रतिबद्धता जनाए ।
लामो समयबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेकाले आफूले महामन्त्रीको पद दाबी गरेको बताएका नेपालले स्ववियु परिषद् अध्यक्षको जिम्मेवारी वहन गरेकाले पनि आफ्नो दाबी पुग्ने बताए । आफूभन्दा धेरै लामो समयदेखिख सक्रिय रहेकाले उनीहरुलाई अध्यक्ष पदमा सहयोग गरेर आफूले महामन्त्रीको जिम्मेवारी निर्वाह गर्नेगरी दाबी गरेको नेपालको भनाइ छ ।
साथै उनले ३२ वर्षे उमेर हदबन्दीको निर्णयले धेरैलाई मारमा परेको गुनासो गरे । उमेरको हदबन्दी लगाउने भए नेविसंघको नेतृत्वमा रहेकालाई उचित स्थानको व्यवस्था गर्न उनले माग गरे ।
‘आफुले आफ्नो जीवन नै दिएपछि कुनै पदमा पुगेर सेवा गर्ने अवसरको थोरै लोभ सवैलाई हुन्छ । यो निर्णयले धेरैलाई निराश बनाउने पकै छ । नेविसंघको नेतृत्वमा उमेर हदबन्दी लगाउने भए उहाँहरुलाई पनि पार्टीमा उचित स्थानको व्यवस्था गरिनुपर्छ । उहाँहरुले राजनीतिमा दिएको योगदानको अवमूल्यन हुन नहुने र पार्टीले यसमा ध्यान दिनेमा विश्वास गर्छु,’ निराजन नेपालले भने ।
राजनीतिप्रतिको युवा वितृष्ण मेट्न र दृष्टिकोण तोड्न आफूले नेविसंघ महामन्त्रीमा दाबी गरेका बताएका उनले भने, ‘पछिल्लो समय युवा पुस्तामा राजनीतिलाई हेर्ने दृष्टिकोण केही भिन्न बन्दै गएको छ । यही कुरालाई तोड्न र राजनीति विकास र समृद्धिको मेरूदण्ड रहेको बुझाउन हामी पछी परिरहेका छाँै । यही बुझाउन र राजनीतिमा युवाल अझ प्रोत्साहित गर्न पनि मेरो उद्देश्य छ ।’
आफ्नो दाबीलाई माउ पार्टी कांग्रेसले मनन गर्दै नेविसंघ तदर्थ समितिको नेतृत्व चयन गर्ने उनको विश्वास छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend