जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापति पदमा पराजीत हुने भएपछि संस्थापन पक्षका नेता आनन्दप्रसाद ढ्ुंगाना र महेन्द्र यादवले निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीलाई नै जनकपुर छाड्न धम्की दिएका छन् ।
मंगलबार भएको धनुषा कांग्रेसको निर्वाचनमा योगेन्द्र पंजियारले सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादवले ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका थिए । बढी मत ल्याउने पंजियार नेता बिमलेन्द्र निधि निकट हुन् भने सन्तोष यादव संस्थापन पक्षका हुन् । प्रसैला डा. शेखर कोइराला समूहनिकट हुन् । मंगलबारको निर्वाचनमा ५१ प्रतिशत मत कटाउन नसकेपछि बिहीबार पुनः मतदाने हुने मिति तोकिएको थियो ।
डा. कोइराला पक्षका प्रसैलाले निधि निकट पंजियारलाई समर्थन गरेपछि उनको जित सुनिश्चित देखेर संस्थापन पक्षका आनन्द ढुंगाना र महेन्द्र यादव निर्वाचन अधिकृत ज्ञवालीलाई गुण्डा लगाएर आजै राति धनुषाबाट खेद्ने र निर्वाचन हुन नदिने खेलमा लागेका छन् ।
केन्द्रीय निर्वाचन समितिले धनुषाको निर्वाचनका लागि खटाएका निर्वाचन अधिकृत ज्ञवाली बस्दैआएको धनुषाको सिताशरण होटलमा आनन्दप्रसाद ढुंगानाका भाइ विनोद ढुंगानाले अहिले राति १० बजे २०–२५ जना गुण्डाहरु लगेर निर्वाचन अधिकृत ज्ञवालीलाई होटलबाट निकाल्न दबाब दिइरहेका छन् । होटल संचालकले हात जोडेर निर्वाचन अधिकृत ज्ञवालीलाई होटल छाडिदिन आग्रह गरेपछि ज्ञवालीको ज्यान नै असुरक्षित भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र एसपी वसन्त रजौरेसँग निर्वाचन अधिकृत ज्ञवालीले सुरक्षा माग गरिरहेका छन् । होटलबाहिर गुण्डा लगाएर निर्वाचन अधिकृत ज्ञवालीलाई जनकपुरबाट राति नै लखेट्ने र निर्वाचन रोक्नका लागि गृहमन्त्री बालकृष्ण खाँणले पनि जिल्लाको प्रशासनलाई निर्देशन दिएका कारण पनि थप त्रासको वातावरण जनकपुरमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend