काठमाडौं । सत्ता गठबन्धनको एक हिस्सेदार एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाइरहेका थिए ।
सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गरेर जानेबारे निर्णय भइनसकेको जनाएका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भएको उल्लेख गर्दै भनेका थिए, ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमति रहेको छ, निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्यो । ठीक मूल्यांकन गर्नु पर्यो । अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुपर्यो ।’
तर, कांग्रेस उपसभापति खड्काले भने पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने बताए ।
‘ गठबन्धन सरकार छ । गठबन्धनमा भएका पार्टीहरू अहिले पहिलो चरणमा हामी जनताको बीचमा जाँदैछौं । अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्ने अहिले छलफलकै विषय हो,’ त्यसक्रममा खड्काले भने, ‘गठबन्धनका विषयमा निर्वाचन प्रक्रिया सुरु भएपछि पार्टीमा व्यापक क्षलफल गरेर टुंगोमा पुग्छौं ।’
गठबन्धनका विषयमा केन्द्रीय समिति बैठकपछि मात्रै टुंगो लाग्ने पनि उनको भनाइ थियो । तर नेता रामचन्द्र पौडेलले भने संविधानको रक्षाका लागि विगतमा गरिएको गठबन्धनलाई निर्वाचनसम्मै लैजाने बताए । तनहुँ बुधबार एक कार्यक्रममा उनले जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा हुने बताउँदै आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताए ।
कांग्रेसमा सभापति शेरबहादुर देउवापक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा छ । त्यसैले देउवाले हिजोको बैठकमा समेत गठबन्धनका दलहरुको चित्त दुख्ने गरि अभिव्यक्ति नदिन निर्देशन नै जारी गरेका थिए । तर, नेता शेखर कोइराला पक्ष भने गठबन्धन गरेर अघि जान नहुने पक्षमा रहेका छन् । महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गर्न नहुने विषयलाई जोड दिइरहेका छन् ।
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर अघि बढ्दा प्रतिपक्षी एमालेलाई ‘साइज’ मा ल्याउन सकिने हिसाब गरिरहेका छन् । एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत यसबारे बहस भएको छ । कांग्रेसमा गगन थापाहरु एक्लै जानुपर्ने पक्षमा रहेको ब्रफिङ बैठकमा नेता झलनाथ खनालले गरेका थिए । उलने उनीहरुले निकालेको हिसाबसमेत सुनाएको नेताहरुले बताएका छन् । कांग्रेसमा गगनहरुले एक्लै लड्दा ११५ सिट जितिने र गठबन्धन गरेर जाँदा ७० सिट मात्र जितिने हिसाब निकालेको दाबी नेता खनालको छ ।
उता कांग्रेसले फागुन २९ देखि स्थानीय तह निर्वाचन अभियान सुरु गर्दै छ । एक महिना चल्ने अभियानपछि मात्र कांग्रेसले गठबन्धनबारे औपचारिक निर्णय गर्ने कांग्रेसको तयारी छ । घर घर पुग्ने अभियान चलाउने बताएको कांग्रेसले नेकपाकालीन सरकारको भण्डाफोर अभियान चलाउने जनाएको छ । यसको अर्थ माओवादी र नेकपा एकीकृतका नेताहरुसमेत रहेको तत्कालीन नेकपाको सरकारविरुद्ध कांग्रेस लाग्दा त्यसको प्रत्यक्ष असर ति दललाई पनि पर्ने छ । देशभर पार्टी अवस्था सो समयमा बुझ्दा देखिने एक खालको चित्रपछि गठबन्धनबारे टुंगो लगाउने छ ।
नेताहरुबीच गठबन्धनका बारेमा फरक फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खस्कन लागेको त होइन भन्ने आशंका उब्जिएको छ । कांग्रेसले तत्कालीन नेकपाको सरकारविरुद्ध र गठबन्धनका नेताहरुलाई आक्रोश पोखिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई होच्याउने काम भइरहेको भन्दै २३ सिट भएकालाई सिंहासनमा पुर्याएकाले तल झार्न सक्ने चेतावनी दिएका छन् । नेताहरुबीचको आरोप प्रत्यारोपले गठबन्धनबीचको सम्बन्धनमा समस्या बढ्दै जान सक्ने सम्भावना रहन्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend