Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १४ हजार हस्ताक्षरसहित श्रम विभागमा दर्ता भयो एकीकृत कर्मचारी संगठन


    बुधबार, फाल्गुन २५ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट कर्मचारीहरुले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् ।

    १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो ।

    संगठनका अध्यक्ष मोहन घिमिरेका अनुसार संगठनले ४७ वटा जिल्ला तथा विभागीय कार्यसमिति गठन गरेको छ ।

    नेपाल निजामती कर्मचारी संगठन बिघटन गरी नयाँ संगठन बनाइएको घिमिरेले बताए । कर्मचारी संगठनको इतिहासमा सबैभन्दा धेरै हस्ताक्षरसहित कर्मचारी संगठन दर्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार