Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपालमा कार्यविभाजन, कसले के–के जिम्मेवारी पाए ? (सूची)


    बुधबार, फाल्गुन २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो ।

    अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ । त्यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष विष्णु भण्डारीलाई, सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भास्कर भद्रालाई दिइएको छ ।

    प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखको जिम्मेवारी महामन्त्री सुशीलकुमार श्रेष्ठ र कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री ईन्द्र चित्रकारलाई दिइएको छ ।

    यसैगरी, संगठन विभाग प्रमुखको जिम्मेवारी महामन्त्री राजाराम बर्तौला, प्रचार विभाग प्रमुखको प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य राजकुमार खड्कालाई दिइएको छ ।

    यससँगै राप्रपा नेपालको बैठकले तीन महीनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । जिल्ला समिति गठन गर्न बाँकी रहेका जिल्लामा २१ दिनभित्र गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

    rpp.jpg-8.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार