Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष तिमिल्सिना र फ्रान्सको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता


    बुधबार, फाल्गुन २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो ।

    फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेको हो । शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

    फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रुपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैं प्रेरणादायी रहँदै आएको बताए ।

    दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको अध्यक्ष तिमिल्सिनाले बताएका छन् । वर्षौंदेखि उच्चस्तरीय भ्रमणको आदान-प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको भन्दै उनले खुशी व्यक्त गरे । न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार