काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
राप्रमसं नेपालद्वारा आयोजित अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए ।
राप्रमसं नेपालका नवघोषित अध्यक्ष सुनिता कुरुम्वाङलाई बधाई दिँदै अध्यक्ष थापाले सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव छ भनेर जनतामाझ आएको पार्टी राप्रपा नेपाललाई सहयोग गर्ने सन्देश लिएर आम जनताको घरघरमा राप्रमसं नेपाल पुग्ने आशा र विश्वास व्यक्त गर्दै संगठनलाई वडा तहसम्म पुर्याउन नवगठित केन्द्रीय कार्य समितिलाई उनले निर्देशन दिए ।
धर्मप्रतिको आस्था र विश्वास घट्दै गएका कारण महिला हिंसा, बलात्कार जस्ता अमानवीय कृयाकलापले प्रश्रय पाएको भन्दै अध्यक्ष थापाले यसलाई सच्याएर मुलुकलाई वैदिक सनातन मूल्य र मान्यताको आधारमा हिँडाउन नेपाललाई सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र कायम गराउनुपर्छ भन्ने राप्रपा नेपालको प्रमुख मान्यता रहेको स्पष्ट पारे ।
राप्रपा नेपालका विभिन्न भातृ संगठनहरु घोषणा गर्ने क्रम चलिरहँदा आज सुनिता कुरुम्वाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको हो । नवगठित समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा के.सी. र अम्बिका खतिवडा, महासचिवमा सुशिला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि.क., करुणा शाही, सकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहेका छन् ।
कार्यक्रमा राप्रपा नेपालका उपाध्यक्षद्वय जय कमार खड्का, उद्वव पौडेल, सह महामन्त्री ममता राई, केन्द्रीय सदस्य मिरा महर्जन, राप्रविसं नेपालका अध्यक्ष कमल वम रजवार, राप्रयुसंका प्रवक्ता लक्ष्मण कँडेल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend