Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीका नेताहरूलाई देउवाकाे निर्देशन- गठबन्धनको चित्त दुख्ने गरी नबोल्नू


    मंगलबार, फाल्गुन २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका छन् ।

    आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधिसँगको छलफलमा बाेल्दै प्रधानमन्त्री देउवाले कांग्रेस प्रतिपक्षी दललाई पनि राम्रो व्यवहार गर्ने पार्टी भएकाले कसैकाे पनि चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका हुन् ।

    ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ मा देउवाले भने, ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राम्रो व्यवहार गर्नू।’

    चुनावी अभियानका क्रममा गाउँ पुगेका बेला सत्तारूढ गठबन्धन र प्रतिपक्षी दललाई चित्त दुख्ने गरी नबोल्न देउवाले केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।

    कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधि खटाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार