Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • को-को तोकिए माओवादीका प्रदेश इन्चार्जहरु ?


    सोमबार, फाल्गुन २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । 

    जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् । 

    लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ ।  त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार