Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको जन्मदिनमा शुभकामना दिंदै झाँक्रीले भनिन्- तपाईंकाे नेतृत्वमा काम गर्न पाउँदा अत्यन्तै खुसी छु


    सोमबार, फाल्गुन २३ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकासमन्त्री रामुकमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा काम गर्न पाउँदा आफू अत्यन्तै सौभाग्यशाली रहेको बताएकी छिन्।

    सोमबार ७० औं जन्मदिन मनाईरहेका अध्यक्ष नेपाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मन्त्री झाँक्रीले आगामी दिनहरुमा पनि नेपाल नेतृत्वमा आफूलाई खुशी मिल्ने बताएकी छन्।

    ‘प्रिय कमरेड, तपाई जस्तो महान् र अद्भूत नेताको नेतृत्वमा काम गर्ने अवसर पाउँदा म अत्यन्तै सौभाग्यशाली छु । तपाईंको यो अद्भुत जन्मदिन अरू धेरै मनाउन पाउँ, तपाईंको प्रयासहरूमा उत्तम कामना गर्दछु। जन्मदिनको धेरै धेरै शुभकामना प्रिय कमरेड,’ झाँक्रीले लेखेकी छन्।

    रौतहटको गौरमा जन्मिएका नेपाल आजबाट ६९ बर्ष पुरा भइ ७० बर्षमा प्रवेश गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार