काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुई अध्यक्ष मात्र बसेका थिए ।
वार्ता सके लगत्तै प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । आजकाे छलफल पनि सकारात्मक भएकाे र बिहीबार फेरि कुराकानी हुने बालुवाटार स्राेतले जनाएकाे छ । पार्टीभित्रको विवाद मिलाउने बहानामा दुई अध्यक्षबीच सम्वाद भएपनि ठाेस निष्कर्ष निस्कन सकेकाे छैन ।
पछिल्लाे तीन दिनदेखि ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेकाे छ । दुबै पक्षकाे अडानका कारण छलफलले निष्कर्ष निकाल्न नसकेकाे बुझिएकाे छ । तर मंगलबारबाट भने दुबै पक्षकाे लचकताका कारण भने वार्ताले प्रगति गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाेड्न माग गरिएपनि प्रचण्ड-नेपाल पक्ष भने तत्कालकाे लागि ओलीले पार्टीकाे जिम्मेवारी त्याग्नुपर्नेमा केन्द्रित भएकाे खुमलटार स्राेतकाे दावी छ । पार्टी नै विभाजन आउने स्थिती भएपछि नेकपाका दाेस्राे तहका नेताहरु सक्रिए भइ दुई अध्यक्षलाई वार्ता बस्न र लचकता अपनाउन आग्रह गरेका थिए ।
स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन् । पछिल्ला छलफल सकारात्मक भएकाले नेकपाकाे विवादलाई यतिखेर समाधान उन्मुख रहेकाे विश्लेषण भइरहेकाे छ । स्थायी कमिटीको बैठक २६ गतेका लागि बोलाइएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend