काठमाडौं । राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन्। तत्काललाई हेर्दा एक दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिष्ट दल एकजुट भए भने कांग्रेस खुम्चिन सक्ने उनको बुझाई छ । केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए ।
स्थानीय तहमा आधार निर्माण गरी आवश्यकता अनुसार तालमेल गर्न मिल्ने तर केन्द्रमा कांग्रेस एक्लै चुनावमा होमिदा फाइदा हुने आचार्यले तर्क गरे । केन्द्रमा चुनावी तालमेल गर्नु भनेको संघीयता र पार्टीको खिलापमा हुनु पनि आचार्यको भनाइ छ ।
सत्ता गठबन्धनलाई आगामी तीनै तहको चुनावसम्मै निरन्तरता दिने या चुनावमा एक्लै भिड्ने भन्नेमा नेपाली कांग्रेसभित्र भिन्न मत देखिएका छन् । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि पार्टी पदाधिकारीहरुले यसबारे बोलिरहेका छन् । उपसभापति, महामन्त्रीलगायत पार्टीका प्रभावशाली नेताहरुले चुनावमा एक्लै भिड्नु पर्ने बताउँदै आएका छन् ।
पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा एक्लै लड्नुपर्ने बताएका छन् । यस्तै पार्टीका प्रभावशाली नेता शेखर कोइराला पनि एक्लै चुनाव लड्ने पक्षमा उभिएका छन् ।
सत्ता गठबन्धन जोगाउन बनेको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलले भने सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्ता गठबन्धनलाई बलियो भएको ठानिएको भएपनि कांग्रेस नेताहरुको फरक फरक अभिव्यक्तिले गठबन्धनको भविष्यमाथि प्रश्न उव्जिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी आवद्ध सत्ता गठबन्धन चुनावसम्म संगै जाने वा एक्ला एक्लै चुनाव लड्ने भन्ने निर्णय भइसकेको छैन । गठबन्धनले पहिला सवै दलले आ–आफ्नो पार्टीमा निर्णय गरेर मात्रै गठबन्धनमा छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend