Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भत्ता पनि खाने, हाउस चल्न पनि नदिने? बरू संसद नै विघटन गर्दिउँ: माधव नेपाल


    आइतबार, फाल्गुन २२ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न प्रतिनिधिसभा भंग गर्नुपर्ने अवस्था आएकाे बताएका छन् ।

    आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले संसद् भंग गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका हुन् ।

    ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

    २३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार