काठमडौं । विवादका कारण नेपाली कांग्रेसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने अन्य जिल्लाको अधिवेशन पनि हुँदैछ । चितवन, सिन्धुली, कैलाली, नवलपुर, महोत्तरी, पर्सा र बाँके गरी सात जिल्लामा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वमध्ये अधिकांशमा सभापति शेरबहादुर देउवा पक्षधर चुनिएका छन् ।
बाँकी जिल्लाहरु पनि अधिवेशनको प्रक्रियामै रहेका नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । मधेस प्रदेशका सबै जिल्ला सप्तरी, धनुषा, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नवलपुर, बाँके, अछाम, कैलाली, सिन्धुली र सिन्धुपाल्चोकको जिल्ला अधिवेशन रोकिएको थियो ।
बारामा क्रियाशील सदस्यताको विवादका कारण निर्वाचन प्रक्रिया सुरु भएपछि रोकिएको छ । जिल्लामा प्रमुख निर्वाचन अधिकृत राजनप्रसाद दाहाल नरहेको र सहायक निर्वाचन अधिकृत राजकुमार उप्रेतीले क्रियाशील सदस्यता अनियमितता गरेपछि विवाद सुरु भएको जिल्ला सभापति जयचन्द्र चौरासियाले बताए । जिल्लामै छलफल गरेर विवाद समाधान गरी निर्वाचन गर्ने र विवाद समाधान हुन नसके केन्द्रमा निवेदन दिने तयारी भएको उनको भनाइ छ । यस्तै, रौतहटमा पनि क्रियाशील सदस्यतालगायत अन्य कारणले विवद हुँदा चुनावी प्रक्रिया रोकिएको छ ।
चुनावअन्तर्गत शनिबार मतदान हुने समयमा विवाद भएपछि मतदान नै रोकिएको छ । रौतहटमा जिल्ला अध्यक्षका लागि संस्थापन समूहबाट सुनील यादव र सस्थापन इतर समूहबाट हृदयनारायण यादवले मनोनयन दर्ता गराएका छन् ।
विवाद मिलाएर भोलि चुनाव गर्ने तयारी भएको जिल्ला सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
सर्लाही जिल्लामा पनि चुनावी प्रक्रिया सुरु भएपछि क्रियाशील सदस्यताको कारण विवाद भएको छ । विवाद समाधानको प्रयास भइरहेको सर्लाही कांग्रेसले जनाएको छ ।
यता अछाममा पहिलो चरणको निर्वाचनमा सभापतिको कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ ।
पहिलो चरणमा संस्थापन समूहबाट पुष्प शाह र भरत सुवार तथा संस्थापन इतर समूहबाट राजन कुँवर गरी तीनजना सभापतिका लागि भिड्दा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन् । त्यहाँ अब दोस्रो चरणको चुनाव हुँदैछ ।
पर्सा कांग्रेसको सभापतिमा जनार्दन शर्मा निर्वाचित भएका छन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
नवलपुरको जिल्ला सभापति महेन्द्रध्वज जिसी बनेका छन् । जिल्ला सभापतिमा दावी गरेका बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन दर्ता गराएपछि जिसी सर्वसम्मत रूपमा नवलपुरको सभापति चुनिएका हुन् । नवलपुरमा सभापतिबाहेक अन्यको निर्वाचन हुन बाँकी छ ।
कैलालीको जिल्ला सभापतिमा नारायण दत्त भट्ट निर्वाचित भएका छन् । उनी सभापति देउवा पक्षधर मान्निछन् ।
मकवानपुरमा बुद्ध लामा सर्वसम्मत सभापति भएका छन् । उनी पनि सभापति देउवा निकट नै मानिन्छन् ।
चितवन सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । खनाल नेता शेखर कोइराला पक्षका मानिन्छन् ।
महोत्तरीको जिल्ला सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । मतगणनामा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा चुनाव दोस्रो चरणमा गएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका नागेश्वर यादवलाई दोस्रो धेरै मत ल्याएका सुशील यादवले समर्थन गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend