भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएकोले देशको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
लामो समयसम्मको कोभिड–१९ को प्रकोपले असर पारेको मुलुकको अर्थतन्त्रलाई एमसीसी सम्झौता कार्यान्वयनले चलायमान बनाउने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६३औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुने दाबी समेत गरे ।
उनले भने–‘यदि एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्थ्यो । अब परियोजना लागू भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ ।’
एमसीसी परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि भएकोले नेपालमा उत्पादित विद्युत्लाई खेर जान नदिएर रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्ने खालका नयाँ क्षेत्रको लगानीको अवसर आउने उनले बताए ।
गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रमा देखिएको ट्रंक र डेलिकेटेडेट लाइनको विद्युत् महसुलका विषयमा सरकारले उचित समाधान खोज्ने जनाए । उनले भने–‘ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विद्युत् लाइन काटिन्छ कि भन्ने चिन्ता उद्योगीमा छ । उद्योगीहरु ढुक्क भए हुन्छ, लाइन काटिँदैन ।’
उनले भैरहवाको विशेष आर्थिक क्षेत्र ९सेज० र आईसीपीजस्ता योजनाहरुलाई मूर्तरुप दिन लाग्ने जनाए । भन्सारमा अस्थायी भए पनि पार्किङ क्षेत्र निर्माण गर्ने गरी योजना बनिरहेको उनले जनाए ।
कार्यक्रममा उनले हाल चालु खर्च बढेको तर पुँजीगत खर्च नबढेको अस्था रहेकोले पुँजीगत खर्च बढाउन सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीलाई थप जिम्मेवार बनाउन लागिएको बताए ।
उनले एउटा ठेकेदारलाई एकै पटक पाँचभन्दा बढी ठेक्का नदिने र एउटा ठेक्काको काम ८० प्रतिशत सकेपछि मात्र अर्को ठेक्का लिन पाउने गरी नियमावली संशोधनलाई अन्तिमरुप दिन लागिएको उनले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend