Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री झाँक्री नेकपा समाजवादीकै नेता–कार्यकर्ताद्वारा बहिस्कृत


    शनिबार, फाल्गुन २१ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई आफ्नै पार्टीका कार्यकर्ताले बहिस्कार गरेका छन् । मन्त्री झाँक्री आज बिहान रुद्रमती (धोबिखोला) सरसफाइ महाअभियानमा सहभागी हुन कपन आउँदा नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताले बहिस्कार गरेका हुन् ।  मन्त्री झाँक्री काठमाडौंको क्षेत्र नम्बर ४ र ५ को नेकपा समाजवादी पार्टी कमिटीसँग समन्वय नै नगरी सुटुक्क रुद्रमती सफाइको प्रमुख अतिथिका रुपमा आएकी थिइन् ।

    नेकपा समाजवादीको तर्फबाट मन्त्री भएकी झाँक्रीले काठमाडौं क्षेत्र नम्बर ४ र ५ का कार्यकर्तालाई थाहा नै नदिई सुटुक्क रुद्रमती सफाइमा सहभागी हुन आएको गुनासो पार्टीका नेता कार्यकर्ताको छ । आफ्नै पार्टीको मन्त्री रुद्रमती सरसफाइमा आउन लागेको जानकारी नभएपछि झाँक्रीको कार्यक्रम नै बहिस्कार गर्नुपरेको नेकपा समाजवादीका नेताहरुले बताए ।  मन्त्री झाँक्रीको कार्यक्रममा क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सांसद कुुसुमकुमार कार्की पनि सहभागी भएका थिएनन् ।

    नेकपा समाजवादी क्षेत्र नम्बर ४ का अध्यक्ष ध्रुवराज न्यौपाने र ५ का आरके सेढाई समेत कार्यक्रममा उपस्थित भएका थिएनन् । हाम्रो पार्टीका मन्त्री आउने कार्यक्रमबारे थाहा नै नपाएपछि कार्यक्रममा कसरी जाने ? नेकपा समाजवादी काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष धु्रवराज न्यौपानेले भने ।

    मन्त्री झाँक्रीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रुद्रमती सफाइमा ल्याएका थिए ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार