Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस जिल्ला अधिवेशन : दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति


    शनिबार, फाल्गुन २१ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी।नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमति जुटेको छ ।

    चुनावी प्रतिस्पर्धावाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुने संकेत देखिएको छ ।

    पहिलो चरणको निर्वाचनको मत परिणामवाट बजरङ्ग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए ।

    कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो ।

    दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलार्इ समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गर्ने तयारी भइरहेको पूर्व जिल्ला सभपति महेन्द्र राय यादवले जानकारी दिए ।

    निर्वाचन अधिकृत र्इन्द्र अधिकारीले भने यो आधिकारिक नभएको बताएका छन् । ‘नेताहरुको अनुसार यस्तै सुनिएको छ म दुवै उम्मेदवारलाई भेट्न जाँदैछु हो रहेछ भने हामी सहमतिमा प्रकृयाअनुसार घोषणा गर्नेछौ ।’ अधिकृत अधिकारीले भने ।

    दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको आरोप छ ।

    तीन जना उम्मेदवार मध्य पहिलो चरणको  मत परिणाममा नागेश्वर यादवले १०११, सुशिल यादवले ७७९ र बजरङ्ग नेपालीले ३०६ मत ल्याएका थिए ।

    तर, काङग्रेसभित्रका केही नेताहरुले भने नागेश्वर यादव निर्वाचित भएको घोषणा मात्र  गर्न बाँकी रहेको दाबी गरेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार