काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएकाे छ । छलफल आज दिउँसाे ४ बजे सुरु हुने तय भएकाे छ । यसअघि मंगलबार दुई अध्यक्षबीच साढे २ घण्टा कुराकानी भएकाे थियाे ।
यही छलफलका लागि भन्दै बुधवार ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भइसकेकाे छ । बैठक दुई दिनकाे लागि स्थगित गरिएकाे हाे ।
पछिल्लाे तीन दिनदेखि ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेकाे छ । दुबै पक्षकाे अडानका कारण छलफलले निष्कर्ष निकाल्न नसकेकाे बुझिएकाे छ । तर मंगलबारबाट भने दुबै पक्षकाे लचकताका कारण भने वार्ताले प्रगति गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाेड्न माग गरिएपनि प्रचण्ड-नेपाल पक्ष भने तत्कालकाे लागि ओलीले पार्टीकाे जिम्मेवारी त्याग्नुपर्नेमा केन्द्रित भएकाे खुमलटार स्राेतकाे दावी छ ।
पार्टी नै विभाजन आउने स्थिती भएपछि नेकपाका दाेस्राे तहका नेताहरु सक्रिए भइ दुई अध्यक्षलाई वार्ता बस्न र लचकता अपनाउन आग्रह गरेका थिए । स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन्।
पछिल्ला छलफल सकारात्मक भएकाले नेकपाकाे विवादलाई यतिखेर समाधान उन्मुख रहेकाे विश्लेषण भइरहेकाे छ । स्थायी कमिटीको बैठक २६ गतेका लागि बोलाइएको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend