काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएकाे छ । छलफल आज दिउँसाे ४ बजे सुरु हुने तय भएकाे छ । यसअघि मंगलबार दुई अध्यक्षबीच साढे २ घण्टा कुराकानी भएकाे थियाे ।
यही छलफलका लागि भन्दै बुधवार ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भइसकेकाे छ । बैठक दुई दिनकाे लागि स्थगित गरिएकाे हाे ।
पछिल्लाे तीन दिनदेखि ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेकाे छ । दुबै पक्षकाे अडानका कारण छलफलले निष्कर्ष निकाल्न नसकेकाे बुझिएकाे छ । तर मंगलबारबाट भने दुबै पक्षकाे लचकताका कारण भने वार्ताले प्रगति गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाेड्न माग गरिएपनि प्रचण्ड-नेपाल पक्ष भने तत्कालकाे लागि ओलीले पार्टीकाे जिम्मेवारी त्याग्नुपर्नेमा केन्द्रित भएकाे खुमलटार स्राेतकाे दावी छ ।
पार्टी नै विभाजन आउने स्थिती भएपछि नेकपाका दाेस्राे तहका नेताहरु सक्रिए भइ दुई अध्यक्षलाई वार्ता बस्न र लचकता अपनाउन आग्रह गरेका थिए । स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन्।
पछिल्ला छलफल सकारात्मक भएकाले नेकपाकाे विवादलाई यतिखेर समाधान उन्मुख रहेकाे विश्लेषण भइरहेकाे छ । स्थायी कमिटीको बैठक २६ गतेका लागि बोलाइएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend