Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख, मधेशमा रामनरेश यादव र गण्डकीमा राजेन्द्र अधिकारी


    शुक्रबार, फाल्गुन २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ ।

    पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

    संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ । 

    सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवक संगठनको २१ फागुन, महिला संगठनको २४ फागुन र युवा मोर्चाको २८ फागुन घोषणासभामार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार