Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड भन्छन्- एमसीसी पास भएपछि गठबन्धन चुनावसम्म जाने निश्चित भयो


    शुक्रबार, फाल्गुन २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् ।

    पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका हुन् । 

    देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताउँदै उनले भने, ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो तर अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार