Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाको आजको स्थायी समिति बैठक पनि स्थगित, २६ गते बस्ने


    बुधबार, असार २४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक फेरि पनि स्थगित भएको छ । नेकपाको स्थायी समिति बैठक आज ११ बजेका लागि तय भएको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठक स्थगित भएको जानकारी सामाजिक संजालमार्फत् दिएका छन् । स्थायी समिति बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको थापाले जनाएका छन् । केही दिनयता ओली र प्रचण्डबीच वान टु वान वार्ता भइरहेको छ ।

    स्थायी कमिटीका बहुमत सदस्यले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागेपछि ओली संकटमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार