Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी


    बिहिबार, फाल्गुन १९ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी। नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । 

    पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । सभापतिमा विजयी भएका नारायाणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । 

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको कोइराला समुहले वमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले १ सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरेपनि बमको मत भने पहिलो चरण भन्दा दोश्रो चरणमा घटेको छ । प्रकाश वमले पहिलो चरणमा १ हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।  

    कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोरुो चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागि भएका थिए । 
    सभापतिको टुङ्गो लागेसंगै आज राती देखिनै अन्य पदाधिकारीको मत गणना सुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदिले बताए ।  न्युज कारखाना
     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार