Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दाैड


    बिहिबार, फाल्गुन १९ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । नेपाली कांग्रेस महोत्तरीकाे नेतृत्व चयनका लागि भाेलि २० फागुनमा हुन लागेकाे निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएकाे छ ।  जिल्ला सभापतिको लागि यहाँ तीन जना  मैदानमा उत्रिएका छन् ।

    नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् ।  पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताकाे भनाइ छ । 

    पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेकाे उनीहरूकाे दावी छ ।

    तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेताकार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट  उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ ।

    `अधिबेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ,’ कांग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने ।

    पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ्ग गरेको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार